Skip to content

राष्ट्र बैंकमा ‘डिजिटल फाइनान्स इनोभेसन हब’ स्थापना

काठमाडौं । नेपाल राष्ट्र बैंकले वर्तमान समयमा नवप्रवर्तनलाई थप उत्प्रेरित गर्ने उद्देश्यलाई मध्यनजर गर्दै ‘डिजिटल फाइनान्स इनोभेसन हब’ को स्थापना गरेको छ । राष्ट्र बैंकले बैंकिङ तथा भुक्तानी प्रणालीमा देखिएको आधुनिक प्रविधिको प्रयोग र नवप्रवर्तनलाई थप उत्प्रेरित गर्ने उद्देश्यले उक्त हब स्थापना गरेको जनाएको छ ।

राष्ट्र बैंकले बैंकिङ तथा भुक्तानी प्रणालीका क्षेत्रमा आधुनिक प्रविधिमा आधारित वित्तीय सेवा विकास गर्ने सन्दर्भमा यस क्षेत्रमा कार्य गर्ने वित्तीय नवप्रवर्तकहरुलाई विद्यमान नीतिगत एवं नियामकीय व्यवस्थाबरे जानकारी गराउने, सरोकारावलाबाट प्राप्त हुने वित्तीय क्षेत्रका नवप्रवर्तनकारी प्रस्ताव र तिनले ल्याउन सक्ने अवसर एवं चुनौतीको विश्लेषण गर्दै नियामकीय दृष्टिकोण, निश्चित निर्देशिका, परामर्श एवं सुझाव प्रदान गर्ने र नियामकसँगको सहज पहुँच विस्तार गरी नवप्रवर्तनलाई थप उत्प्रेरित गर्ने उद्देश्यले हब स्थापना गरिएको बताइएको छ ।

हबमा अन्य नियामक तथा सरोकारवाला निकाय र निजी क्षेत्रसमेत सहभागिता हुन सक्ने व्यवस्था गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T