Skip to content
Prabhu

राजावादीले गरे प्रहरीमाथि ढुंगामुढा : प्रहरीद्वारा भीड तितरवितर पार्न अश्रुग्यास प्रहार

काठमाडौं । राजतन्त्रका पक्षमा सडकमा उत्रिएका प्रदर्शनकारीले आज शुक्रबार दिउँसो प्रहरीमाथि ढुंगामुढा गरेका छन् । काठमाडौंको तीनकुने क्षेत्रबाट उनीहरूले प्रहरीलाई पछाडि धकेल्ने प्रयास गरिरहेका छन् ।

सुरक्षामा खटिएका प्रहरीले ढुंगामुढा गर्ने भीड तितरवितर बनाउन केही सेल अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा पनि फ्याँकेको छ ।

global
अर्घाखाँची सिमेन्ट

तीनकुनेबाट प्रदर्शनकारी प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ अघि बढ्ने प्रयास गरिरहेका छन् । प्रदर्शनकारीले प्रहरीले प्रहार गरेको अश्रुग्यास टिपेर सुरक्षाकर्मीतर्फै फ्याँकेका छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal