Skip to content

एनआईसी एसिया बैंकले चैत २५ गतेदेखि ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । एनआईसी एिसया बैंकले आउँदो चैत २५ गतेदेखि वार्षिक ७ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ‘७ प्रतिशत एनआईसी एिसया डिबेन्चर २०९१’ निष्कासन गर्ने भएको छ।

उक्त बैंकले प्रतिऋणपत्र १ हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने छ । सोमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँड गरिनेछ। सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

यस ऋणपत्रमा लगानीकर्ताले घटीमा २५ कित्ता र बढीमा २५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्कासन बन्द छिटोमा चैत २८ गते र ढिलोमा २०८२ वैशाख ८ गते हुनेछ।

बैंकको ऋणपत्रलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आईआरएन इस्यूअर रेटिङ्ग ट्रिपल बी प्लस रेटिङ दिएको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम सुरक्षित रहेको संकेत गर्छ।

यस ऋणपत्रमा आर्जित ब्याजर रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक सकिएपछि कर कट्टा गरी भुक्तानी गरिने बैंकले जनाएको छ। बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi