काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार पछिल्लो ८ महिनामा सेयर कारोबार २५० प्रतिशतले बढेको छ । २०८१ साउनदेखि फागुनसम्म सेयर कारोबार २५०.१५ प्रतिशतले वृद्धि भएको हो ।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा सेयर बजारमा १४ खर्ब ५५ अर्ब ८६ करोड बराबरको कारोबार भएको छ । यो अवधिमा ३ अर्ब २५ करोड ९४ लाख ६८ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २५ करोड ७४ लाख कित्ता सेयर खरिद बिक्री हुँदा ४ खर्ब १५ अर्ब ७८ करोड बराबरको सेयर कारोबार भएको थियो ।
नेप्सेको तथ्यांकअनुसार गत आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिको तुलनामा चालु आर्थिक वर्षको फागुन महिनामा नेप्से परिसूचक ८०० अंकले बढेको छ । २०८१ फागुन मसान्तमा नेप्से परिसूचक २ हजार ८०० विन्दुनजिक रहेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा २ हजार १०० विन्दुको नजिक थियो । तथ्यांकअनुसार चालु आर्थिक वर्षको ८ महिनामा सबैभन्दा बढी जलविद्युत् समूहको सेयर कारोबार भएको छ भने सबै भन्दा कम कारोबार डिबेन्चर समूहको रहेको छ ।
चालु आर्थिक वर्षको पहिलो ८ महिनामा जलविद्युत् समूहका कम्पनीहरूको ४ खर्ब ९३ अर्ब ५७ करोड रुपैयाँका सेयर कारोबार भएको छ भने डिबेन्चर समूहको २ अर्ब ३० करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । त्यस्तै यो अवधिमा वित्त समूहका कम्पनीहरूको १ खर्ब ५२ अर्ब ३३ करोड, वाणिज्य बैंकहरूको १ खर्ब ४२ अर्ब ७३ करोड र विकास बैंकहरूको १ खर्ब १६ अर्ब ४३ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
यो अवधिमा लगानी समूहहरूको १ खर्ब २ अर्ब ८२ करोड र लघुवित्तहरूको १ खर्ब दुई अर्ब ५९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री गरिएको छ । यस्तै, अन्य समूहको ८७ अर्ब ६६ करोड रुपैयाँ, जीवन बीमाको ८१ अर्ब ७२ करोड, उत्पादन र प्रशोधनको ५८ अर्ब ८५ करोड, निर्जीवन बीमाको ५९ अर्ब ७० करोड र होटल र पर्यटन समूहको २७ अर्ब ८३ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ । यस्तै, व्यापार समूहको ४ अर्ब ९१ करोड रुपैयाँ र म्युअुचल फन्ड ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
समीक्षा अवधिमा जलविद्युत् समूहका कम्पनीको १ अर्ब २५ करोड ५९ लाख, वित्तको १९ करोड ८३ लाख, वाणिज्य बैंकको ४७ करोड ६२ लाख, विकास बैंकको १९ करोड ४३ लाख, लगानी समूहको १५ करोड ७५ लाख र लघुवित्तको आठ करोड ५१ लाख, अन्य समूहको नौ करोड ६६ लाख, जीवन बीमाको १२ करोड ६४ लाख, उत्पादन र प्रशोधनको आठ करोड १९ लाखभन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको हो । साथै निर्जीवन बीमाको छ करोड ९२ लाख र होटल र पर्यटन समूहको ३ करोड ४९ लाख, संस्थापक सेयरको १० करोड ३९ लाख, व्यापार समूहको आठ लाख ४१ हजार, म्युअुचल फन्डको ३७ करोड ५६ लाख र डिबेन्चरको २१ लाख २८ हजार कित्ताभन्दा बढी सेयर किनबेच भएकोे छ ।






प्रतिक्रिया दिनुहोस्