Skip to content

चैत २८ देखि सर्वसाधारणलाई पियोर इनर्जीले आईपीओ बिक्री गर्ने

nabil bank

काठमाडौं । पियोर इनर्जी कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

उक्त कम्पनीले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । प्रतिकित्ता १०० रुपैयाँका दरले ११ करोड ९५ लाख २० हजार रुपैयाँको ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्कासन गर्ने भएको हो ।

उक्त कम्पनीले यसअघि स्थानीयलाई १ लाख ६० हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि १ लाख ४४ हजार कित्ता सेयर निष्कासन गरेको छ । आईपीओमा वैशाख २ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा मागअनुसार आवेदन नपरेको खण्डमा वैशाख ११ गतेसम्म आवेदन दिन सकिनेछ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ। आईपीओमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत सेयरमार्फत आवेदन दिन सकिनेछ ।

क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले यस कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व वहन क्षमता औसत जोखिममा रहेको संकेत गर्दछ। कम्पनीको आईपीओ बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi