Skip to content

टाइम फर्मास्युटिकल्सको साधारणसभा वैशाख ११ गते

nabil bank

काठमाडौं । टाइम फर्मास्युटिकल्स लिमिटेडले आईपीओ जारी गर्ने प्रस्ताव सहित साधारणसभाको मिति घोषणा गरेको छ । वैशाख ११ गते विशेष साधारणसभा बोलाएको छ। सभा गैडाकोटस्थित कम्पनीको उद्योग परिसरमा साढे १२ बजेदेखि शुरू हुनेछ ।

सभाले बुक बिल्डिङ्ग विधिबाट साधारण सेयर निष्कासन र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ । त्यस्तै जारी पुँजीलाई ४२ करोड ९१ लाखबाट ४६ करोड बनाउने, जारी पुँजीमध्ये ७९.३४७८ प्रतिशत संस्थापक समूह ‘क’ लाई र २०.६५२१ प्रतिशत सर्वसाधारण सेयरधनी ‘ख’ लाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै १ महिला सहित ५ जना संस्थापक, १ सर्वसाधारण र १ स्वतन्त्र गरी ७ जनाको सञ्चालक समिति बनाउने लगायतका प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime