Skip to content
Prabhu

अवैध रुपमा सञ्चालित निजी विद्यालयमा तालाबन्दी

जनकपुरधाम । धनुषाको एक पालिकामा गैरकानुनी तथा अवैध रुपमा विना दर्ता सञ्चालनमा रहेका एक दर्जन निजी विद्यालयलाई आजबाट बन्द गराइएको छ ।

पटकपटक सूचना जारी गरे पनि दर्ता प्रक्रियामा नगएको तथा अटेर गरेकाले मुखियापटी गाउँपालिकामा विना दर्ता सञ्चालनमा रहेका निजी विद्यालयलाई बाध्य भएर बन्द गर्नुपरेको गाउँपालिका अध्यक्ष जयकुमार यादवले जानकारी दिए ।

global
अर्घाखाँची सिमेन्ट

बन्द गराइएका निजी विद्यालयमा न्यू स्काइ, तराई चाइल्ड डेभलपमेन्ट, गङ्गालाल शिशु पाठशालालगायत एक दर्जन विद्यालय बन्द गराइएको उहाँले जानकारी दिनुभयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षा सञ्चालन एवं व्यवस्थापन गर्न अधिकार स्थानीय तहलाई रहेको छ।

सोही अनुरुप शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले आफ्नो पालिकाले कारबाही प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ । पालिका अध्यक्ष यादवले गैकानुनी रुपमा सञ्चालनमा रहेका विद्यालयमा आफ्ना बालबालिकालाई अध्ययनका लागि भर्ना नगर्न अभिभावकलाई आग्रह गरे । साथै उहाँले विद्यालय सञ्चालकलाई कानुनी प्रक्रिया तथा मापदण्डअनुसार दर्ता गरी विद्यालय सञ्चालन गर्नका लागि निर्देशन गरे।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal