Skip to content
Prabhu

बुधबार नेप्से परिसूचक २३.८६ अंकले बढ्यो, कारोबार रकम ५ अर्ब ४४ करोडमाथि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८६ अंकले बढेर २७००.०४ को बिन्दुमा कायम भएको हो ।

आज सेन्सेटिभ इण्डेक्स १.०८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८३ अंक र सेन्सेटिभ इण्डेक्स ०.४५ अंक बढेको छ।

global
अर्घाखाँची सिमेन्ट

आज ३१८ कम्पनीको १ करोड ४ लाख ४२ हजार ६८३ कित्ता सेयर ५३ हजार ८८४ पटक खरिदबिक्री हुँदा ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार ९०१ रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा उत्पादन तथा प्रशोधन र निर्जीवन बिमा समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा बढी व्यापार समूह नौ दशमलव ४४ र वित्त समूह तीन दशमलव १२ प्रतिशतले बढेको छ । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने बोटलर्स नेपाल (बालाजु) लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal