Skip to content

सर्वोच्च अदालतले बीमा प्राधिकरणका अध्यक्ष ओझाको नियुक्तिमा दियो कारण देखाउ आदेश, दुवै पक्षलाई बोलायो

काठमाडौं। सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्तिविरुद्ध परेको रिटमा कारण देखाउ आदेश दिएको छ।

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले ओझाको नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाइपछि बुधबार कारण देखाउ आदेश जारी गर्दै वादी र प्रतिवादी दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

अधिवक्ता इन्दिरा धमलाले ओझाको नियुक्तिविरुद्ध चैत १७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, सिफारिस समिति, प्राधिकरण र ओझालाई प्रतिवादी बनाएर सर्वोच्चमा रिट दायर गरेकी थिइन्। फागुन १२ गतेको मन्त्रिपरिषद् बैठकले ओझालाई प्राधिकरण अध्यक्ष नियुक्ति गर्ने निर्णय गरेको थियो।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima