काठमाडौं । कुलमान घिसिङ र हितेन्द्र शाक्यको रिट आज पनि हेर्दाहेर्दैमा परेको छ । मंगलबार पनि हेर्दा हेर्दैमा रहेको यो रिटको छलफल नसकिएपछि आज पनि हेर्दाहेर्दैमा परेको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. कुमार चुडाल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा मंगलबारदेखि सुनुवाइ जारी छ । मंगलबार कुलमान पक्षको सुनुवाइ सकेर हेर्दाहेर्दैमा परेकोमा बुधबार पनि हेर्दा हेर्दैमा राखिएको छ । बुधबार हेर्दाहेर्दैमा राखिएको रिटमा बिहीबार पनि जारी रहने छ ।
प्रतिक्रिया दिनुहोस्