काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । सेयर बजार बढेर कारोबार भएको दिन दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आज सेयर बजारमा सेन्ट्रल फाइनान्स र विशाल बजार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । आज सेन्ट्रल फाइनान्सको सेयर मूल्य ५५ रुपैयाँ ७८ पैसाले बढेर ६१३ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । त्यस्तै आज विशाल बजारको सेयर मूल्यमा ५८० रुपैयाँ १० पैसाले वृद्धि भएर ६ हजार ४०३ रुपैयाँ ०५ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९६ प्रतिशतले धेरै हो ।
त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा उपकार लघुवित्त, हाथवे इन्भेष्टमेन्ट नेपाल र न्यादि हाइड्रोपावर रहेका छन् । आज उपकार लघुवित्तको सेयर मूय ३०४ रुपैयाँ ५३ पैसाले बढेर ३ हजार ५८२ रुपैयाँ २५ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.२९ प्रतिशतले धेरै हो ।
त्यस्तै आज हाथवे इन्भेष्टमेन्टको सेयर मूल्य ६.७९ प्रतिशत अर्थात् ८८ रुपैयाँ ८१ पैसाले बढेर १ हजार ३९६ रुपैयाँ ४६ पैसा पुगेको छ । आज न्यादि हाइड्रोपावरको सेयर मूल्य पनि ६.४२ प्रतिशत अर्थात् ३८ रुपैयाँ ९१ पैसाले बढेर ६४४ रुपैयाँ ८९ पैसा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्