Skip to content
Prabhu

सेयर बजार बढ्दा पनि बोटलर्स नेपाल (बालाजु) का सेयर धनीले १० प्रतिशत गुमाए

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेर कारोबार बन्द भयो । अधिकांश कम्पनीको सेयर मूल्य बढेको दिन बोटलर्स नेपाल (बालाजु) का सेयरधनीले भने प्रतिकित्ता १ हजार ९५३ रुपैयाँले नोक्सानी व्यहोरेका छन् ।

आज बोटलर्स नेपालका सेयरधनीहरुले अघिल्लो दिनको भन्दा १० प्रतिशत अर्थात् १ हजार ९५३ रुपैयाँ ८० पैसा गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य आजको कारोबार बन्द हुँदा १७ हजार ५७९ रुपैयाँ ८० पैसा पुगेको छ ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा बलेफि हाइड्रोपावर लिमिटेड, एनआईसी एसिया ब्यालेन्स फण्ड, नेपाल एसबीआई बैंक डिबेन्चर २०८३ र उपर हेवाखोला हाइड्रोपावर छन् ।

आज बलेफि हाइड्रोपावरको सेयर मूल्य १६ रुपैयाँ २७ पैसाले घटेर ३१९ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ४.८५ प्रतिशतले कम हो । त्यस्तै आज एनआईसी एसिया ब्यालेन्स फण्डको सेयर मूल्य २.९१ प्रतिशत अर्थात् ०.२७ रुपैयाँले घटेर ९ रुपैयाँ पुगेको छ ।

बुधबार धेरै मूल्य घट्ने पाँच कम्पनीमा नेपाल एसबीआई बैंक डिबेन्चरको सेयर मूल्य २१ रुपैयाँ ६० पैसाले घटेर १ हजार ५८ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा २ प्रतिशतले कम हो । बुधबार अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य पनि १.९७ प्रतिशत अर्थात् १४ रुर्पयाँ ९६ पैसाले घटेर ७४३ रुपैयाँ ५७ पैसा पुगेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal