Skip to content
Prabhu

सेयर बजारको संस्थागत सुशासन मेरो पहिलो प्राथमिकता हो : नवनियुक्त सीईओ चापागाई

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले सेयर बजारको संस्थागत सुशानलाई ध्यान दिएर अघि बढ्ने बताएका छन् । सीईओ चापागाईँले लगानी न्यूजसँगको संक्षित कुराकानीका क्रममा सेयर बजारको संस्थागत सुधासनमा जोड दिने बताएका हुन् ।

सेयर बजारको विषयमा सचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेकाले आफूले सोही अनुसार कार्यक्रम अघि बढाउने उनको भनाइ थियो । लगानीकर्ताको आत्मविश्वास बढाउने गरि काम गर्ने उनले बताए । गत सोमबारको मन्त्रिपरिषद् बैठकले चापागाईंलाई नेप्सेको सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनले मंगलबार नियुक्तपत्र बुझेका थिए ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal