Skip to content
Prabhu

टोखाबाट पक्राउ परेको २५ करोड विदेशी मुद्राका मालिककाे पहिचान

काठमाडौं । काठमाडौंको टोखा झोरबाट ट्रकसहित पक्राउ परेको २५ करोड १८ लाख २४ हजार रुपैयाँ बराबरको युरो र डलरका मालिकको पहिचान भएको छ । राजस्व अनुसन्धान विभागका अनुसार उक्त रकमको मालिक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर ४ का नारायण पौडेल रहेका छन् ।

प्रारम्भिक अनुसन्धानपछि पौडेलकै रकम भएको पुष्टि भएसँगै अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको विभागले जनाएको छ । वडा प्रतिनिधिको रोहवरमा पौडेलको घर खानतलासी गर्दा त्यहाँ एकजना मात्र कामदार भेटिएका थिए । घरमा उक्त घटनासँग सम्बन्धित थप प्रमाण भने फेला परेको छैन । हाल उनी फरार रहेको बताइएको छ ।

global
अर्घाखाँची सिमेन्ट

काठमाडौं अपराध अनुसन्धान कार्यालयले गत चैत ४ गते पैसा ओसारपसार गरिरहेको ट्रकसहित २५ करोड १८ लाख २४ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद गरेको थियो । पक्राउ परेका ट्रकचालक सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय कुसाङ लामा (फुच्चे)लाई चैत ५ गते राजस्व अनुसन्धान विभागलाई बुझाइएको थियो ।

लामा चालक रहेको ना.७ ख १६५२ नम्बरको ट्रकमा लुकाइ राखिएको विदेशी मुद्रा रसुवाको केरुङतर्फ लैजान लाग्दा अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ट्रकसहित उनलाई नियन्त्रणमा लिएको थियो। ट्रक खानतलासी गर्दा अमेरिकी डलर ३,११९ थान (१०० दरका), १७९ थान (५० दरका), युरो ११ थान (५०० दरका), ४८० थान (२०० दरका), ४,१४८ थान (१०० दरका), र १७,१७७ थान (५० दरका) बरामद गरिएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal