Skip to content

नेष्डो समृद्ध लघुवित्तमा राेजगारीकाे अवसर, सीईओका लागि माग्याे आवेदन

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ । यसका लागि बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिको लागि आवश्यक योग्यता तथा कार्यानुभव सम्बन्धी विनियमावली, २०७४ को विनियम ५ (ख) बमोजिम मान्यता प्राप्त शिक्षण संस्थावाट चार्टर एकान्टेन्सी वा व्यवस्थापन, वैकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, ग्रामीण विकास, कृषि, समाजशास्त्र वा कानून विषयमा कम्तीमा स्नातक उत्तीर्ण गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्व विद्यालय वा त्यस्तो कार्य गर्ने संघ संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा ३ वर्ष काम गरेको अनुभव भएको हुनु पर्नेछ ।

त्यस्तै वान्छनीय योग्यतामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको कार्यकारिणी तथा व्यवस्थापकीय तहमा रही कम्तिमा १० वर्षको कार्यानुभव हासिल गरेको, उच्च सम्पर्क र समन्वय गर्ने क्षमता भएको, लघुवित्त क्षेत्रमा विद्यमान समस्याको सामना र समाधानको लागि प्रतिवद्ध एवम् स्थलगत कार्य सम्पादन गर्न इच्छुक उम्मेदवारलाई विशेष प्राथमिकता दिईने कम्पनीले जनाएको छ । उमेरको हकमा भने ३५ वर्ष पूरा भई ५५ वर्ष ननाघेको हुनु पर्नेछ। तलब तथा अन्य सुविधा आपसी समझदारीबाट तय गरिने कम्पनीले जनाएको छ ।
योग्य तथा इच्छुक व्यक्तिले आवश्यक पर्ने कागजात सहित आगामी वैशाख ४ गते भित्र तोकिएको माध्यमबाट आवेदन दिइसक्नु पर्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi