Skip to content
Prabhu

बसाइँसराइ रोक्न ग्रामीण क्षेत्रमा विकासका योजना सञ्चालन

म्याग्दी । सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ मा करिब १७ करोड रूपैयाँको लागतमा यातायात पूर्वाधार निर्माण सम्बन्धी १६ वटा योजना सञ्चालनमा ल्याएको छ ।

मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना पोखरामार्फत दुई झोलुङ्गे पुल, नौवटा सडक र सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङ मार्फत् तीन वटा सडक योजना विभिन्न निर्माण कम्पनीसँग १५ करोड १७ लाख २२ हजार ६ सय ४६ रुपैयाँ मा ठेक्का सम्झौता गरि कार्यान्वयन गरिएको हो ।

global
अर्घाखाँची सिमेन्ट

चालु आर्थिक वर्षमा १ करोड ६० लाख रुपैयाँ बजेट बिनियोजन भएको दुईवटा योजना ठेक्का प्रक्रीयामा छन भने एक करोड १० लाख रुपैयाँ बजेटका दुईवटा योजनालाई बहुबर्षीय ठेक्का आह्वान गर्न मन्त्रालयमा स्रोत सहमतिका लागि प्रस्ताव गरिएको छ ।

झोलुङ्गे पुल बाहेकका आयोजनाहरु चालु आर्थिक वर्षभित्रनै सम्पन्न हुने प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले बताए । योजनाहरुमार्फत ग्रामिण क्षेत्रमा सहज यातायात सेवाको पहुँच विस्तार भई बसाईसराई घटाउने अपेक्षा गरिएको उनले बताए ।

सघन सहरी तथा भवन निर्माण योजना मार्फत चार करोड ७५ लाख रुपैयाँ बजेट बिनियोजन भएको बेनी नगरपालिकामा एकिकृत शहरी पूर्वाधार विकास गर्ने कार्यक्रमअन्तर्गत ३ करोड १९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको बेनी नगरपालिका–८ कालीपुल देखि वडा नं.७ मा रहेको दरवाङ बसपार्क जोड्ने बेनी चक्रपथ सडक ढलान गर्ने योजना सुरु भएको छ ।

उक्त कार्यलय मार्फत ६५ लाख ३८ हजार ५३ रुपैयाँको लागतमा कुहुँ–टोड्के–झि र रु। एक करोड तीन लाख २८ हजार ६२ मा मौवाफाँट–दग्नाम–दरमिजा–चिमखोला हुदै कुइनेमंगले सडक स्तरोन्नति योजना कार्यान्वयन भएको छ । योजनाका इञ्जिनियर बिरबल सुनारले ५० शैया क्षमताको बेनी अस्पतालको भवन निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए।

स्थानीय पूर्वाधार विकास आयोजना मार्फत ४ करोड ७० लाख ३६ हजार दुई सय ५० रुपैयाँको लागतमा धवलागिरी गाउँपालिकाको मराङखोला माथी तीन सय ६५ र मुनाको दरखोला माथी तीन सय ५५ मिटर लामो झोलुङ्गे पुल निर्माणाधिन छन् ।

आयोजनाका इञ्जिनियर मनिष अधिकारीले धवलागिरी गाउँपालिका–४ बगर तातोपानी कुण्ड जाने बाटोमा म्याग्दी नदी माथि दुई सय ५० मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि चालु आर्थिक वर्षमा रु। ६० लाख बजेट बिनियोजन भएको योजना कार्यान्वयनका लागि ठेक्का प्रक्रीयामा रहेको जानकारी दिए ।

उनका अनुसार सडक पूर्वाधार विकास कार्यक्रम मार्फत पाखापानी–कुइनेमंगले–मल्कवाङ, गलेश्वर–दशमुरे–मौवाफाँट–दग्नाम–दरमिजा–कुइनेमंगले–घ्यासीखर्क सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौता गरेका निर्माण कम्पनीहरुले ढलान, पक्की नाला र टेवा पर्खाल निर्माण थालेका छन् ।

वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम मार्फत मौवाफाँट–दग्नाम–दरमिजा–चिमखोला हुदै कुइनेमंगले, कुहुँ–टोड्के हुदै झिँ, अन्नपूर्ण गाउँपालिकाको दोसल्ले–काफलडाडा–नागी, मालिकाको छ्यारछ्यारे हुदै मङ्गलाको टिकावाङ र बेनी नगरपालिकाको अर्थुङ्गे देउराली–भराले–पुत्लेढुङ्गा सडक आयोजना कार्यान्वयनमा छन् ।

एक करोड बजेट बिनियोजन भएको धौलागिरी गाउँपालिकाको लुलाङ–गुर्जा सडक स्तरोन्नति योजना ठेक्का प्रक्रीयामा छ । ५० लाख रुपैयाँ बजेट बिनियोजन भएको बेनीको मंगलाघाट र बगरफाँट जोड्ने म्याग्दी नदीमा मोटरेबल पुल निर्माणसम्बन्धी योजनाको बहुबर्षीय ठेक्का आव्हानका लागि गरिएको प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गरेको छैन ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal