काठमाडौं । साताको अन्तिम दिनको कारोबार जारी रहँदा ग्रीन भेन्चर्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बिहीबारको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर कारोबार भएकाे हो ।
आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ४५ रुपैयाँ ८८ पैसाले बढेर ५०५ रुपैयाँ २० पैसा पुगेको छ । यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि १२ दशमलव ९९ अंकले बढेर २७१३ दशमलव ०३ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ५ अर्ब २९ करोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्