काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेर बन्द भएको सेयर बजार आज ३ दशमलव ३५ अंकले बढेर २७०३ दशमलव ३९ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १५१ कम्पनीको सेयर मूल्य घटेको छ भने ९३ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ३० अंकले बढेर ४५० दशमलव ०८ विन्दुमा पुगेको छ । त्यस्तै आज १३ उपसूचकमध्ये ९ उपसूचकको सेयर मूल्य घटेको छ भने ४ वटा उपसूचकको मात्रै सेयर मूल्य बढेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिन ५ अर्ब ४४ करोड माथिको सेयर कारोबार भएको बजारमा आज ७ अर्ब ८४ करोड ४६ लाख ४२ हजार ४८७ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार सेयर बजारमार ३२४ कम्पनीका १ करोड ५५ लाख २ हजार ९९८ कित्ता सेयर ६९ हजार ८९ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
आज सेयर बजारमा ग्रीन भेन्चर्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्