काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले बढेर कारोबार हुँदा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा ग्रीन भेन्चर्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आज यो कम्पनीको सेयर मूल्य ४५ रुपैयाँ ८८ पैसाले बढेर ५०५ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनभन्दा ९.९९ प्रतिशतले धेरै हो । त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष ५ कम्पनीमा सुपर मादी हाइड्रोपावर, राधी विद्युत कम्पनी, एनएलजी इन्स्योरेन्स र नेपाल एसबीआई बैंक ऋणपत्र २०८९ रहेका छन् ।
आज सुपर मादी हाइड्रोको सेयर मूल्य ६.९५ प्रतिशत अर्थात् ६२ रुपैयाँ ५८ प्रतिशतले बढेर ९६३ रुपैयाँ ४९ पैसा पुगेको छ । बिहीबारको कारोबार बन्द हुँदा राधी विद्युत् कम्पनीको सेयर मूल्य पनि २० रुपैयाँ ६० पैसाले बढेर ४४० रुपैयाँ ६१ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.९० प्रतिशतले धेरै हो ।
आज एनएलजी इन्स्योरेन्सको सेयर मूल्य पनि ४.६३ प्रतिशत अर्थात् ३९ रुपैयाँ ८८ पैसाले बढेर ९०१ रुपैयाँ ९६ पैसा पुगेको छ । आज एसबीआई बैंक ऋण पत्रको सेयर मूल्य २८ रुपैयाँ ९० पैसाले बढेर १ हजार ७९ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा २.७५ प्रतिशतले धेरै हो ।
प्रतिक्रिया दिनुहोस्