काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले बढेर बन्द भयो । सेयर बजार सामान्य बढेको दिन १५१ कम्पनीको सेयर मूल्य घटेर कारोबार बन्द भएको छ ।
आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा दुई लघुवित्त र एक लघुबीमा कम्पनी रहेका छन् । आज धेरै मूल्य घट्ने ५ कम्पनीमा उपकार लघुवित्त र विन नेपाल लघुवित्त तथा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स छन् । त्यस्तै धेरै मूल्य घट्ने शीर्ष ५ कम्पनीमा बोटलर्स नेपाल (बालाजु) र कुमारी सबल योजना छन् ।
उपकार लघुवित्तको सेयर मूल्य आज २८१ रुपैयाँ १९ पैसाले घटेर ३ हजार ३०१ रुपैयाँ ०६ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.८५ प्रतिशतले कम हो । त्यस्तै आज गार्डियन माइक्रो लाइफको सेयर मूल्य १५८ रुपैयाँ ११ पैसाले घटेर २ हजार ४२४ रुपैयाँ १५ पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ६.१२ प्रतिशतले कम हो ।
बिहीबार विन नेपाल लघुवित्तको सेयर मूल्य पनि १८२ रुपैयाँ १२ पैसाले घटेर २ हजार ७८८ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.१३ प्रतिशतले कम हो ।
आज बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्य १ हजार ३१ रुपैयाँ ८० पैसाले घटेर १६ हजार ५४८ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनभन्दा ५.८७ प्रतिशतले कम हो । आज कुमारी सबल योजनाको सेयर मूल्य ०.५४ रुपैयाँले घटेर ८ रुपैयाँ ९२ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.७१ प्रतिशतले कम हो ।
प्रतिक्रिया दिनुहोस्