काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको साधारणसभा आज सम्पन्न भएको छ । कम्पनीको ७ औँ वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको हो ।
कम्पनीका अध्यक्ष कुनाल कयालको अध्यक्षतामा सम्पन्न भएको सभाले हाल कायम चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ । त्यस्तै सभाले २५ प्रतिशत हकप्रद सेयर संशोधन गरी १७ प्रतिशत हकप्रद जारी गर्ने, गत आवमा भएको खर्च अनुमोदन गर्ने, सञ्चालक समितिको बैठक भत्ता संशोधन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्