Skip to content
Prabhu

तीनकुनेको आगजनी र तोडफोडः ४ करोड ८७ लाखभन्दा बढीकाे बीमा दाबी

काठमाडौं । गत शुक्रबार (चैत १५ गते) काठमाडौंको तीनकुनेमा राजावादीहरुको आन्दोलनका क्रममा भएको आगजनी र तोडफोर्डबाट ४ करोड ८७ लाख बढीको बीमा दाबी परेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार ११ वटा बीमा कम्पनीहरुमा ४ करोड ८७ लाख ६७ हजार रुपैयाँ बीमा दाबी परेको हो ।

उक्त तोडफोड र आगजनीको घटनामा भएको क्षतिको ४३ वटा दाबी परेकोे प्राधिकरणले जनाएको छ । उक्त दाबीमध्ये ३ वटा दाबीको भुक्तानी समेत भइसकेको प्राधिकरणले जनाएको छ । तीनवटा दाबीबाट ४५ हजार १२ रुपैयाँ भुक्तानी भएको छ । यो भुक्तानी शिखर इन्स्योरेन्सले गरेको हो । शिखरका अझै २ वटा दाबीको भुक्तानी हुन बाँकी छ ।

global
अर्घाखाँची सिमेन्ट

प्राधिकरणका अनुसार उक्त आन्दोलनका क्रममा मोटर बीमा (निजी) तर्फ २२ वटा दाबीको १ करोड २९ लाख ६७७ रुपैयाँ, सम्पत्ति बिमातर्फ १२ वटा दाबीको ३ करोड ११ लाख ६६ हजार २१३ रुपैयाँ र विविधतर्फ परेको २ वटा दाबीको १० लाख १ हजार १३० रुपैयाँ रहेको छ । त्यस्तै इन्जिनियरिङ तथा ठेकेदार जोखिममा ३ वटा दाबीको ३७ लाख रुपैयाँ दाबी परेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal