Skip to content

अमेरिकी राष्ट्रपतिले रेसिप्रोकल ट्यारिफ घोषणा गरेपछि अमेरिकी शेयर बजारमा तीव्र गिरावट

nabil bank
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले अप्रिलको पहिलो सातादेखि लागू हुने गरी रेसिप्रोकल ट्यारिफ  लागू गर्ने घोषणा गरेपछि आज अमेरिकी शेयर बजारको डाउ जोन्स इन्डेक्स करिब १४०० अंक अर्र्थात ३ प्रतिशतले घटेर ४०,८०० को स्तरमा पुगेको छ । त्यस्तै, एसएण्डपी ५०० इन्डेक्स करिब २२० अंक अर्थात् ४ प्रतिशतले घटेर ५,४५० मा आइपुगेको छ । सबैभन्दा बढी असर नैस्डेक कम्पोजिटमा परेको छ, जुन ८६० अंक अर्थात पाँच  प्रतिशतले घटेको छ ।
यस गिरावटका कारण अमेरिकी शेयर बजारको कुल बजार पूँजीकरण  करिब २ ट्रिलियन डलरले घटेको छ । एसएण्डपी ५०० इन्डेक्सको बजार पूँजीकरण २ अप्रिलमा ४७.६८१ ट्रिलियन डलर थियो, जुन ३ अप्रिलमा घटेर करिब ४५.९२१ ट्रिलियन डलरमा आइपुगेको छ ।
यसले कम्पनीहरुको नाफा घट्ने चिन्ता बढाएको छ । अमेरिकी सरकारले सबै आयात गरिने सामानहरूमा १० प्रतिशत न्यूनतम ट्यारिफ लगाउने निर्णय गरेको छ । केही देशहरू जस्तैः चीनमा ३४ प्रतिशत, भियतनाममा ४६ प्रतिशतमा अझ बढी शुल्क लाग्नेछ ।  यसले ती देशहरूबाट आउने सामानको लागत बढाउनेछ, जसका कारण उत्पादन लागत बढ्नेछ र कम्पनीहरूको मुनाफामा असर पर्नेछ । लगानीकर्ताहरूले मुनाफा घट्ने डरले शेयर बिक्री गर्न थालेका छन्, जसले बजारमा गिरावट ल्याएको छ ।
अमेरिकाले ट्यारिफ घोषणा गरेपछि अन्य देशहरूले पनि बदला स्वरूप ट्यारिफ लगाउन सक्छन् । जस्तैः भारतमा २७ प्रतिशत ट्यारिफ लागेमा, भारतले पनि अमेरिकी सामानहरूमा उच्च कर लगाउने सम्भावना छ । यसले अन्तर्राष्ट्रिय व्यापारमा असर पार्नेछ, आपूर्ति प्रणाली  अवरुद्ध हुनसक्छ । यस अनिश्चितताका कारण लगानीकर्ताहरू डराएका छन् र शेयर बजारबाट पैसा झिक्न थालेका छन् ।
साथै आर्थिक मन्दीको पनि चिन्ता बढेको छ । ट्यारिफले वस्तुहरू महँगो बनाउँछ, जसले उपभोक्ताको खरिद शक्तिमा असर गर्छ । उपभोक्ताको खर्च कम हुँदा अर्थतन्त्रको वृद्धिदर सुस्त हुन सक्छ । तेलको मूल्यमा गिरावट आएको छ । अमेरिकी क्रुड ४६९.६३ प्रति ब्यारेलमा झरेको छ । जसले आर्थिक गतिविधि सुस्त भएको संकेत गर्छ । यी सबै कारणले लगानीकर्ताहरूको विश्वास घटेको छ र बजारमा गिरावट आएको मानिएको छ ।
अमेरिकामा आयात गरिने सबै सामानहरूमा १० प्रतिशत न्यूनतम ट्यारिफ ५ अप्रिलबाट लागू हुनेछ । पारस्परिक ट्यारिफ भने ९ अप्रिल राति १२ बजेपछि लागू हुनेछ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi