काठमाडौं । नेपाल राष्ट्र बैंकबाट बिदा हुन लागेका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो ५ वर्षे कार्यकाल सफल भएको बताएका छन् । शुक्रबार राष्ट्र बैंकमा पत्रकार सम्मेलनको आयोजना गरेर कार्यकालमा भएका उपलब्धि सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
पाँच वर्षको कार्यकालमा अर्थतन्त्रका जटिल अवस्थाहरुको सामना गर्नु परेको र त्यसलाई सफलतापूर्वक सामना गरेको उनको भनाइ थियो । कोभिड पछिको आर्थिक शिथिलताको समयमा आफूले अर्थतन्त्र जोगाउनका लागि सजगतापूर्वक काम गरेको उनको दाबी थियो ।
उनले आफ्नो कार्यकालमा सबैको सहयोगले गर्दा अवस्थालाई नियन्त्रणमा राख्न सकिएको बताए । उनले केन्द्रीय बैंकको स्वायत्ततामा हस्तक्षेप भएको पनि बताए । ‘केन्द्रीय बैंक सञ्चालनमा विश्वव्यापी मान्यता तथा मर्मअनुरुप यस बैंकको स्वायत्तता अक्ष्युण राख्ने विभिन्न क्षेत्रको सहयोग महत्वपूर्ण रहेको उनको भनाइ थियो ।












प्रतिक्रिया दिनुहोस्