Skip to content

सङ्घीयता खर्चिलो छ, छरितो बनाउनुपर्छ : मन्त्री पौडेल

पाल्पा । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सङ्घीयता खर्चिलो भएकाले छरितो बनाउन आवश्यक रहेको बताएका छन् । आज नेपाली कांग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको शुभकामना तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सङ्घीयता राज्यको क्षमताभन्दा बढी खर्चिलो भएकाले छरितो बनाउन आवश्यक रहेको बताएका हुन् ।

‘वास्तवमा सङ्घीयता जनतालाई अधिकार दिलाउने सन्दर्भमा यो परिस्कृतस्वरूप हो, तर हाम्रो सङ्घीयता राज्यको क्षमताभन्दा बढी बोझिलो, खर्चिलो बनेको स्थिति छ, यसको अर्थ सङ्घीयता समाप्त गर्ने होइन, छरितो बनाउने हो, हाम्रो शासन संरचनालाई छरितो बनाएर अगाडि बढ्ने हो,’ उनले भने । सङ्घीय लोकतन्त्रमा धेरै कुरा भएको छ तर पर्याप्त नभएको उनको भनाइ छ ।

‘अहिलेको व्यवस्थालाई पूर्णता व्यवस्थित बनाउन आवश्यक छ, नेपाललाई समृद्ध बनाउने दिशामा हामी धेरै अगाडि बढेका छौँ, यसले पछाडि फर्कने अवस्था आयो भने देश धेरै पछाडि जाने अवस्था आउन सक्छ । त्यसैले व्यक्तिको हैन विधिको शासन स्थापित गर्न खोजेका हौँ’, मन्त्री पौडेलले भने । उनले सङ्घीय शासनलाई नै बलियो बनाएर लैजाने दिशामा लागेको बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री पौडेलले सङ्घीयता छरितो बनाउन अब राजनीतिक संरचना र प्रशासनिक संरचना छरितो बनाएर जानुु अहिलेको आवश्यकता रहेको उल्लेख गरे । देश विकास गरी गरिबी हटाउन आर्थिक स्रोत जुटाउने सम्बन्धमा पार्टीबिच एकता हुनुपर्ने पनि उनले बताए । नेपालको राजनीतिमा सिद्धान्त र त्यसलाई कार्यान्वयन गर्ने स्रोतका बीचमा कहिँकतै तालमेल नमिलेको मन्त्री पौडेलको भनाइ थियो । ‘पार्टीका सिद्धान्तहरू राम्रा छन् भाषण पनि मीठा गर्छन् तर गर्न स्रोत कसरी जुट्छ भन्नेमा ध्यान दिएका छैनन्,’ उनले भने ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi