Skip to content

नेपाल लाइफको ५ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

nabil bank

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले ५ लाख २३ हजार ११२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

कम्पनीले यी सेयर हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको छ । उक्त सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आगामी ३५ दिन भित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ ।

साथै तोकिएको म्याद भित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट सेयर खरीदका लागि आवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जानकारी दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime