काठमाडौं । पछिल्लो एक साताको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन ३३ अर्ब रुपैयाँले बढेको छ भने कर्जा विस्तार १० अर्बले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चैत १२ गतेबाट १८ गतसम्मको अवधिमा उक्त निक्षेप र कर्जा प्रवाहमा वृद्धि भएको हो ।
चैत १८ गतेको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन ६७ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ५४ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ । चैत १२ गते बैंक तथा वित्तीय संस्थाहरुमा ६७ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकल रहेको थियो भने कर्जा प्रवाह ५४ खर्ब ५८ अर्ब रुपैयाँ रहेको थियो ।
वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेपमध्ये वाणिज्य बैंकको मात्रै ६० खर्ब ६० अर्ब रुपैयाँ रहेको छ । त्यस्तै अन्य वित्तीय संस्थाहरुमा यो अवधिसम्ममा ७ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट भएको कुला ५४ खर्ब ६८ अर्ब कर्जा प्रवाहमध्ये वाणिज्य बैंकहरुले मात्रै ४८ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अन्य वित्तीय संस्थाहरुबाट भने यो अवधिसम्ममा ६ खर्ब १४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।
पछिल्लो समय बैंकहरुमा लगानी योग्य रकम थ्रुपिँदै गएको छ । अधिक तरलता बढ्दा केन्द्रीय बैंकले बजारबाट तरलता प्रशोचन गर्दै आइरहेको छ । अहिले बैंकहरुको सिडी रेसियो ७९.३१ प्रतिशत रहेको छ । राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंकहरुले ९० प्रतिशतसम्म सिडी रेसियो कायम गरेर लगानी गर्न पाउँछन् ।
हाल अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ । अहिले बैंकहरुमा अधिक तरलताको अवस्था रहेको छ ।






प्रतिक्रिया दिनुहोस्