काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडलेको ऋणपत्रमा आवेदन खुलेको छ । बैंकले आजदेखि वार्षिक ७ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ‘७ प्रतिशत एनआईसी एशिया डिबेन्चर २०९१’ निष्कासन गरेको हो ।
बैंकले प्रतिऋणपत्र १००० रुपैयाँका दरले जम्मा ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको छ । सोमध्ये ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँड गरिनेछ । सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ ।
यस ऋणपत्रमा लगानीकर्ताले घटीमा २५ कित्ता र बढीमा २५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा चैत २८ गते र ढिलोमा वैशाख ८ गते हुनेछ । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।






प्रतिक्रिया दिनुहोस्