काठमाडौं । सोमबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १ दशमलव ३० अंकले घटेर २७०२ दशमलव ०९ विन्दुमा पुगेको हो ।
त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव १० अंकले घटेर ४४९ दशमलव ९७ विन्दुमा पुगेको छ । आजको उक्त सेसनमा १६ कम्पनीको सेयर मूल्य बढेको छ भने २० कम्पनीको सेयर मूल्य घटेको छ ।
आजको प्रि ओपन सेसनमा ३६ कम्पनीका ५ हजार ८१४ कित्ता सेयर ६९ पटक खरिद बिक्री हुँदा ३१ लाख २१ हजार ६३९ रुपैयाँ बराबरको कारोबार भएको छ ।






प्रतिक्रिया दिनुहोस्