Skip to content

एफपीओ रद्द गरेर हकप्रद निष्कासन गर्ने बुटवल पावरको निर्णय

nabil bank

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) रद्द गरेर हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । कम्पनीको चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

कम्पनीले यसअघि प्रतिकित्ता १०० रूपैयाँका दरले १ करोड कित्ता एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको थियो । अब कम्पनीले उक्त एफपीओ रद्द गरेर चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगमा स्वीकृति माग्ने निर्णय गरेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० रूपैयाँ रहेको छ । यस अनुसार कम्पनीले १ अर्ब ३६ करोड ३६ लाख २८ हजार ८०० रूपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime