काठमाडौं । नेपाल माइक्रो इन्स्योेरेन्सको सेयर दोस्रो बजारमा पहिलो कारोबार भोलिबाट मात्रै हुने भएको छ । आज हुनुपर्ने कारोबार स्पेशल प्रि ओपन सेसनमा कम्पनीको कारोबार म्याचिङ्ग नभएका कारण पहिलो कारोबार भोलिदेखि मात्रै हुने भएको हो ।
कम्पनीको सेयर गत चैत २१ गते, बिहीबार नेप्सेमा सूचीकृत भएको थियो । सो अनुसार आज कारोबार हुनुपर्ने प्रावधान छ । अब कम्पनीको पहिलो कारोबार भोली अर्थात मंगलबारको स्पेशल प्रि ओपन सेसनमा हुनेछ ।
कम्पनीले सर्वासाधारण सेयरधनीहरुमा वितरण गरिएको २२ लाख ५० हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ५२ लाख ५० हजार कित्ता गरी कुल ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।






प्रतिक्रिया दिनुहोस्