Skip to content

दाबी भुक्तानी नै सूर्यज्योतिकाे पहिलो प्राथमिकता : सीईओ प्रकाश खत्री

nabil bank

काठमाडौं । सूर्यज्योति लाइफका प्रमुक कार्यकारी अधिकृत (सीईओ) प्रकाश विक्रम खत्रीले दाबी भुक्तानीलाई पहिलो प्राथमिकतामा राखेर कम्पनी अगाडी बढेको बताएका छन् । उनले आज सूर्यज्योति लाइफको सूर्यज्योति इ कर्जा र सूर्यज्योति केयरर्स डिजिटल कार्डको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले दाबी भुक्तानीलाई कम्पनीको सिद्धान्त भित्र रहेको कुरा मानेर दाबी भुक्तानीलाई पहिलो प्राथमिकता दिने गरेको बताए । जति क्लेम आउछ त्यसलाई सकेसम्म छिटो सेटलमेन्ट गर्ने गरेका छौं, उनले भने । ग्राहकहरुको सेवा तथा सुविधलाई मध्यनजर गर्दै यो सेवाको संचालन गरेको उनले बताएका छन् । उनले सोही कार्यक्रममा बीमा सम्बन्धी अनलाइन सर्भे पनि अयोजना गरेका थिए ।

सीईओ खत्रीले कार्यक्रम मार्फत कम्पनीका विभिन्न वित्तीय सूचकहरुको अवस्थाको बारेमा जानकारी गराएका छन् । कम्पनीले चालु आर्थिक वर्षको हालसम्म ७०० करोड कुल बीमाशुल्क संकलन गरेको बताए । साथै, उनले यो वर्ष १ हजार करोड कुल बीमाशुल्क बढी संकलन गर्ने अपेक्षा पनि गरेका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime