Skip to content

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘सूर्यज्योति केयर्स’ डिजिटल कार्ड र ‘इ–कर्जा’ सेवाको सुरुवात

nabil bank

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाली बीमा क्षेत्रमा पहिलोपटक ‘सूर्यज्योति केयर्स ’ डिजिटल कार्ड र ‘सूर्यज्योति इ–कर्जा’ सेवा सार्वजनिक गरेको छ। कम्पनीले बीमा क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै डिजिटल रुपान्तरणमा महत्वपूर्ण कदम चालेको हो ।

यस सेवा अन्तर्गत अनलाइन बाटै कर्जा लिन सकिने र सूर्यज्योती डिजिटल कार्ड लिएका बीमीत तथा अभिकर्ताहरुले कम्पनीले सम्झौता गरेका विभिन्न अस्पताल तथा ब्यापारिक केन्द्रमा छुट पाइनेछ ।

दुबै सेवा लिदा बीमित र अभिकर्तालाई कुनै पनि सेवा शुल्क लाग्ने छैन । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा, कार्यकारी निर्देशक सुशील देव सुवेदी, कम्पनीका अध्यक्ष केशव भट्टराई र प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले संयुक्त रूपमा नयाँ सेवाहरूको शुभारम्भ गरेका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime