काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले टर्म इन्स्योरेन्समा जिम्मेवारीपूर्वक काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ र ‘सूर्यज्योति इ–कर्जा’ सेवा सुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले यस्तो निर्देशन दिएका हुन् ।
उनले टर्म इन्स्योरेन्स सबैभन्दा प्रभावकारी बीमा भएको उल्लेख गर्दै यसमा कम्पनीहरुले प्राथमिकता दिएर काम गर्नु पर्ने बताए । ‘सानो प्रिमियममा ठूलो जोखिम कभरेज गर्न सकिने हुँदा टम इन्स्योरेन्स निकै प्रभावकारी छ अध्यक्ष ओझाले भने, ‘बीमितको जीवनमा केही भइहाल्यो भने भोलिका दिनमा परिवारलाई आर्थिक राहत मिल्छ । त्यसैले बीमा कम्पनीहरुले यसलाई विषयगत रूपमा जोड दिन जरुरी छ ।’
कार्यक्रममा अध्यक्ष ओझाले सूर्यज्योति लाइफले सुरुवात गरेका नयाँ सेवाको प्रशंसा गर्दै बीमा कम्पनीहरुले डिजिटल प्रणालीमार्फत सेवाको दायरा विस्तार गर्नुपर्नेमा जोड दिए । उनले बीमा कम्पनीलाई ब्रान्च स्तरमा दिइने लक्ष्यमा अब टम इन्स्योरेन्सलाई पनि समेट्ने बेला आएको बताउँदै यसप्रति पनि ध्यान दिन आग्रह गरे ।






प्रतिक्रिया दिनुहोस्