काठमाडौं । बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १५ दशमलव १८ अंकले बढेको हो ।
आजको प्रि ओपन सेसन पछि नेप्से परिसूचक २६८१ दशमलव ८० विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ३८ कम्पनीको सेयर मूल्य बढेको छ भने २९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य भने आजको प्रि ओपन सेसनमा स्थिर रहेको छ ।
त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ५४ अंकले बढेर ४४८ दशमलव ३२ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ६८ कम्पनीका २ हजार २९९ कित्ता सेयर ८७ पटक खरिद बिक्री गर्दा १५ लाख ९९ हजार ९५७ रुपैयाँ बराबरको कारोबार भएको छ ।






प्रतिक्रिया दिनुहोस्