Skip to content
Prabhu

अर्थ मन्त्रालयले दियो ब्रोकर कमिसन घटाउन स्वीकृित

 

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै बोर्डलाई ब्रोकर कमिसन घटाउन निर्देशन दिएका हुन् । सोही निर्णय अनुसार अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई ब्रोकर कमिसन घटाउन बुधबार स्वीकृति दिएको छ ।

यसअघि नै बोर्डले एक अध्ययन गर्दै ब्रोकर कमिसन घटाउन अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरेको थियो । बोर्डको प्रस्तावअनुरुप नै ब्रोकर कमिसन घटाउन स्वीकृति दिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । बोर्डको गत कात्ति क १ गते बसेको सञ्चालक समिति बैठकले मौजुदा ब्रोकर कमिसनमा १० प्रतिशतका दरले घटाउने गरी अर्थ मन्त्रालयमा प्रस्ताव गरेको थियो ।

 

अब सेयर कारोबारमा अधिकतम ब्रोकर कमिसनको माथिल्लो सीमा ०.४० प्रतिशत र तल्लो सीमा ०.२७ प्रतिशत कमिशन लाग्दै आएको छ । बोर्डको सिफारिसमा मन्त्रालयले दिएको स्वीकृतिअनुसार अब माथिल्लो सीमालाई ०.३६ प्रतिशत र तल्लो सीमालाई ०.२४३ प्रतिशतमा झारिएको छ ।

हाल ५० हजार रुपैयाँसम्मको कारोबारमा लगानीकर्ताले ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, पाँच लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत कमिसन शुल्क तोकिएको छ । त्यस्तै, २० लाखदेखि एक करोड रुपैयाँसम्ममा ०.३० प्रतिशत र १ करोड रुपैयाँमाथि ०.२७ प्रतिशतसम्म कमिसन लाग्दै आएको छ । अर्थ मन्त्रालयले बोर्डको प्रस्ताव स्वीकृत गरेसँगै अब ५० हजार रुपैयाँसम्मको कारोबारमा लगानीकर्ताले ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३३ प्रतिशत, पाँच लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०३६ प्रतिशत कमिसन शुल्क लाग्ने भएको छ । यस्तै २० लाखदेखि एक करोड रुपैयाँसम्ममा ०.२७ प्रतिशत र १ करोड रुपैयाँभन्दा माथिको कारोबारमा ०.२४३ प्रतिशतसम्म कमिसन लाग्ने छ ।

यसैगरी धितो बोर्डले ब्रोकर कमिसन घटाउन मन्त्रीस्तरीय निर्णय भएर बुधबार मात्रै पत्र आएको र अब बोर्ड संचालक समितिको बैंठक बसेर त्यसलाई कार्यान्वयनमा ल्याइने जानकारी दिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal