Skip to content

ट्रयाक खुलेको ३१ वर्षपछि दुलेगौडा–हर्कपुर मार्ग कालोपत्रे गरिँदै

nabil bank

दमौली । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा हर्कपुर मोटरमार्गअन्तर्गत बेसारेगौडा खण्डमा ट्रयाक खुलेको ३१ वर्षपछि कालोपत्र गर्न थालिएको छ । शुक्लागण्डकी नगरपालिकाले दुई करोड दुई लाख रुपैयाँ छुट्याएर सडक कालोपत्रे गर्न थालेको हो ।

शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले पहिलो चरणमा आठ सय मिटर कालोपत्रे र दुई सय मिटर ढलान गरिने जानकारी दिए । नगर क्षेत्रका सडक क्रमशः स्तरोन्नति गरिने उनले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime