Skip to content

प्रि ओपन सेसन अपडेटः करिब साढे १ अंक बढ्यो नेप्से

nabil bank

काठमाडौं । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार ९ दशमलव ६६ अंक बढेर २६७६ दशमलव २८ विन्दुमा बन्द भएको नेप्से, आजको सो सेसनमा १ दशमलव २९ अंक बढेर २६७७ दशमलव ५७ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ० दशमलव ०६ अंक बढेको छ ।

बिहीबार प्रि ओपन सेसनमा ३० स्टकको ५५ पटकको कारोबारमा १ करोड ११ लाख ६८ हजार १८ रुपैयाँ ३० पैसाबराबरको २१ हजार २२५ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime