Skip to content

सेयर बजार घटेको दिन धेरै मूल्य घट्ने यी हुन ५ कम्पनी

nabil bank

काठमाडौं । बिहीबार सेयर बजार घटेर बन्द हुँदा १३१ कम्पनीको सेयर मूल्य घटेर कारोबार भयो । १३१ कम्पनीमध्ये सबैभन्दा धेरै मूल्य घट्ने शीर्ष ५ कम्पनीमा दुई हाइड्रोपावर, एक सिमेन्ट उद्योग र एउटा मिडिया छन् ।

आज सबै भन्दा धेरै बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्य प्रतिकित्ता ८१९ रुपैयाँ ०७ पैसाले घटेर १७ हजार ९३० रुपैयाँ ९३ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.३७ प्रतिशतको गिरावट हो । त्यस्तै आज हिमालयन पावर पाटनर्सको सेयर मूल्य १६ रुपैयाँ ७८ पैसाले घटेर ६०० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा २.७२ प्रतिशतले कम हो ।

आज शुभम पावरको सेयर मूल्य २१ रुपैयाँ ९१ पैसाले घटेर ८७२ रुपैयाँ ६५ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा २.४५ प्रतिशतले कम हो । बिहीबार नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य पनि ११ रुपैयाँ ९५ पैसाले घटेर ४७६ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा २.४५ प्रतिशतले कम हो । त्यस्तै आज घोराही सिमेन्टको सेयर मूल्य पनि १३ रुपैयाँ ३८ पैसाले घटेर ५३९ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा २.४२ प्रतिशतले कम हो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime