Skip to content

प्रभु महालक्ष्मी लाइफको बोनसदर सार्वजनिक

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको आर्थिक लेखाजोखा तथा वित्तीय दायित्वको मूल्याङ्कनका आधारमा नयाँ बोनसदर सार्वजनिक गरको छ । कम्पनीको बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले चैत २७ गते स्वीकृत गरेपछि कम्पनीले आफ्नो विभिन्न बीमा योजनाहरूमा लागू हुने गरी नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले ‘सावधिक’ बीमा योजनामा बीमा अवधिअनुसार घटीमा ३३ रुपैयाँदेखि बढीमा ७० रुपैयाँ प्रतिहजारका दरले बोनस दिने भएको छ । त्यस्तै अर्काे बीमा योजना ‘सावधिक तथा आजीवन’ मा बीमा अवधिअनुसार ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म बोनस दिने जनाएको छ । कम्पनीले ‘अग्रिम भुक्तानी सावधिक’ बीमा योजनामा ३५ रुपैयाँदेखि ५१ रुपैयाँसम्म, ‘अग्रिम भुक्तानी सावधिक’ (समुन्नति एन्यूअल) बीमा योजनामा २३ देखि २७ रुपैयाँसम्म र ‘महालक्ष्मी सावधिक जीवन बीमा’ योजनामा ४५ रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

कम्पनीले अर्काे बीमा योजना ‘महालक्ष्मी सरल जीवन बीमा’ मा बीमा अवधिअनुसार ५२ रुपैयाँदेखि ५५ रुपैयाँसम्म, ‘महालक्ष्मी जीवन हेरचाह बीमा’ मा ५० देखि ५१ रुपैयाँसम्म र ‘महालक्ष्मी बाल बचत बीमा’ योजनामा ३२ रुपैयाँदेखि ३९ रुपैयाँसम्म बोनस दिने भएको छ । त्यस्तै ‘महालक्ष्मी वार्षिक धनफिर्ता बीमा’ योजनाको सबै अवधिमा ३५ रुपैयाँ, ‘महालक्ष्मी धनधान्य बीमा’ योजनाको सबै अवधिमा ४५ रुपैयाँ र ‘महालक्ष्मी सावधिक आजीवन बीमा’ योजनाको पनि सबै बीमा अवधिमा समान ३८ रुपैयाँ प्रतिहजारका दरले बोनस दिने जनाएको छ । यो बोनसदर अर्काे बीमाङ्कीय मूल्याङ्कन नभएसम्मका लागि मृत्यु दाबी, आवधिक दाबी, समर्पण मूल्य, चुक्ता मूल्य तथा चालू बीमालेखहरूमा समेत लागू हुने कम्पनीले बताएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima