Skip to content

उत्पादन सुरु गरेपछि मात्रै जलविद्युत कम्पनीलाई आईपीओ जारी गर्न सुझाब

nabil bank

काठमाडौं । उच्चस्तरीय आर्थिक सुझाव आयोगले जलविद्युत् कम्पनीहरुको आईपीओ निष्कासनमा कडाइ गर्नुपर्ने सुझाब दिएको छ । शुक्रबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाइएको प्रतिवेदनमा जलविद्युत कम्पनीहरुले उत्पादन सुरु गरेपछि मात्रै आईपीओ जारी गर्न पाउने व्यवस्था हुनुपर्ने सुझाव दिएको हो ।

‘जलविद्युत कम्पनीले उत्पादन सुरु गरेपछि मात्र प्राथमिक निष्कासन गर्न पाउने व्यवस्था गर्ने’ आयोगले सुझावमा भनेको छ । जलविद्युत्र कम्पनीका सञ्चालकहरुले प्रोजेक्टको लागत धेरै देखाएर आईपीओ जारी गर्ने गरेकोले उत्पादन सुरु भएपछि मात्रै आइपीओमा जाने प्रबन्ध गर्न सरकारलाई सुझाव दिएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime