Skip to content

शिखर इन्स्योरेन्सले १० दिन मै भुक्तानी गर्यो तीनकुने हुलदंगाको शतप्रतिशत दावी भुक्तानी

काठमाडौं । शिखर इन्स्योरेन्सले १० दिनमै चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको क्षतिको दाबी भुक्तानी गरेको छ । शिखर इन्स्योरेन्समा बीमा गराएका बीमीतले गरेको दाबीको भुक्तानी कम्पनीले १० दिनभित्र भुक्तानी गरेको हो ।

नेपाल बीमा प्राधिकरणले चैत २६ गते सार्वजनिक गरेको विवरण अनुसार शिखर इन्स्योरेन्समा ४ लाख ९८ हजार २१३ रुपैयाँको दाबी परेको थियो । कम्पनीमा ५ वटा दाबी परेका थिए । कम्पनीले सबै पाँचवटै दाबीको ४ लाख ९८ हजार २१३ रुपैयाँ ६१ पैसा दाबी भुक्तानी गरेको हो ।

बीमा प्राधिकरणका अनुसार कल ५ करोड ४९ हजार ४२१ रुपैयाँको बीमा दावी परेकोमा शिखरले १० दिनभित्रैमा शतप्रतिशत दावी भुक्तानी गर्न सफल भएको छ । अन्य कुनै पनि कम्पनीहरुले उक्त घटनाका पीडितहरुलाई दावी भुक्तानी नै गरेका छैनन् । तर, शिखर इन्स्योरेन्सले भने सबै दाबीको भुक्तानी समयमा नै दिएको हो ।

सो घटनामा सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीमा १ करोड २७ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियरमा १ करोड १७ लाख ९५ हजार रुपैयाँ, सलिकोमा ७५ लाख ४९ हजार रुपैयाँ, नेकोमा ५२ लाख रुपैयाँ, दि ओरियन्टलमा ४७ लाख ४९ हजार ४१३ रुपैयाँ, हिमालयन एभरेष्टमा २२ लाख रुपैयाँ, नेशनल इन्स्योरेन्समा २० लाख ७५ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्समा ८ लाख ७१ हजार ७९५ रुपैयाँ, सानिमा जिआईसीमा ६ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्समा ५ लाख रुपैयाँको बीमा दावी परेका थिए । कूल ५० वटा बीमा दावी परेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima