एजेन्सी । अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाबाट आयात गरिने विद्युतीय सामानमा रेसिप्रोकल ट्यारिफ नलगाउने निर्णय गरेका छन् । अमेरिकी भन्सार तथा सीमा सुरक्षाले उक्त जानकारी दिएको हो ।
ट्यारिफ छुट मोबाइल फोन, कम्प्युटर मोनिटर र विभिन्न इलेक्ट्रोनिक पार्टपुर्जाहरू लागू हुनेछ । यो छुट अप्रिल ५ देखि संयुक्त राज्य अमेरिकामा प्रवेश गरेका वा गोदामहरूबाट बाहिर निकालिने सामानहरूमा लागू हुनेछ ।
ट्रम्प प्रशासनले चिनियाँ सामानहरूमा न्यूनतम १४५ प्रतिशत महसुल लागू गर्ने निर्णयपछि उक्त निर्णय आएको छ । त्यसअघि एप्पलजस्ता ठूला प्रविधि कम्पनीहरूलाई ठूलो असर पार्ने सम्भावना थियो, किनकि उनीहरूले चीनमै आइफोन लगायतका उत्पादनहरू बनाउँछन् । एप्पलले आफ्नो ९० प्रतिशत आइफोन उत्पादन र एसेम्बल चीनमा गर्दै आएको छ ।
एप्पलसँग अमेरिकामा करिब छ हप्ताको स्टक मात्र छ । त्यो सकिएपछि मूल्य बढ्ने सम्भावना थियो । तर नयाँ निर्णयले आइफोनको मूल्य कुनै असर नगर्ने भएको छ ।
राष्ट्रपति ट्रम्पले शुक्रबार एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै आफ्नो व्यापक महसुल योजनामा केही छुटहरू हुन सक्ने बताएका थिए ।
अर्थशास्त्रीहरूले महसुलको भार अन्ततः उपभोक्तामाथि पर्ने चेतावनी दिँदै आएका छन् । यही डरका कारण धेरै अमेरिकीहरूले गाडी र इलेक्ट्रोनिकजस्ता महँगा सामानहरू किन्न हतार गरिरहेका छन्, उपभोक्ता विश्वास भने अहिलेसम्मकै न्यूनतम स्तरमा पुगेको छ ।
सेमिकन्डक्टर र माइक्रोचिपजस्ता इलेक्ट्रोनिक पार्टपुर्जाहरू सस्तो लागतका कारण एशियाली कारखानाहरूमा उत्पादन हुन्छन् । ती सामानहरू अब छुटको सूचीमा परेका छन् । यसले ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी, दक्षिण कोरियाको सामसुङ र एसके हाइनिक्सजस्ता कम्पनीलाई फाइदा पु¥याउने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस्