Skip to content

वैशाखका लागि १६ बैंकको ब्याजदर यथावत्, ३ वाणिज्य बैंकले ब्याजदर घटाए, एकले बढायो

nabil bank

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले वैशाखमा पनि चैत महिनाकै व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन्

२० वाणिज्य बैंकहरुमध्ये ३ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने एक बैंकले बढाएको छ। बाँकी १६ बैंकहरुको यस्तो खाताको अधिकतम ब्याजदर स्थिर रहेको छ।

वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाउने बैंकहरु कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंक छन्। यी बैंकहरुको अधिकतम ब्याजदर क्रमशः ०.०९ प्रतिशत, ०.१ प्रतिशत र ०.३५ प्रतिशतविन्दु घटेको हो। ब्याजदर बढाउने बैंक भने एभरेष्ट बैंक रहेको छ। व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा सो बैंकले ०.६१ प्रतिशतविन्दु बढाएको छ। अन्य १६ बैंकहरुले भने चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

औषतमा भने यस्तो निक्षेपमा २० वाणिज्य बैंकहरुको ब्याजदर ०.००३५ प्रतिशतविन्दु बढेको छ।

बैंकहरुको संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने चैतको तुलनामा वैशाखमा औषतमा ०.०६४ प्रतिशतविन्दु घटेको छ। यस्तो निक्षेपमा ८ बैंकहरुले ब्याजदर घटाएका छन्। एभरेष्ट बैंकले भने संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर पनि बढाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime