Skip to content

आजदेखि ५ रुपैयाँका नयाँ नोट बजारमा

काठमाडौं । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षरसहित बायाँतर्फ सगरमाथा र दायाँतर्फ लालिगुराँस अंकित पाँच रुपैयाँको नोट आजदेखि सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै ०००००१ देखि १८९९९९९९ सम्म सिरिज नम्बरमा २०८१ लेखिएको नोट आजदेखि सार्वजनिक भएको जनाएको छ ।

नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ भने नोटमा तत्कालीन गभर्नर अधिकारीको दस्तखत रहेको छ । नोटको तल्लो भागको वोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको छ ।

नोटको पृष्ठ भागमा मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा ‘नेपाल राष्ट्र बैंक’ लेखिएको, मध्य भागमा वन्य याक तथा हुम्ला जिल्लाको लिमी क्षेत्रको हिमालको चित्र रहेको, तल्लो भागको बोर्डरमा अंग्रेजीमा ‘रुपैयाँ पाँच’ लेखिएको छ भने सिरिज नम्बरमा २०२५ एडी लेखिएको छ ।

यस अघि २०७७ साल मंसिर १० गतेदेखि रुपैयाँ ५ दर (सिरिज २०२०) को बैंकनोट सङ्केत नं. ०००००१ देखि ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनी सूचना प्रकाशित गरिएकोमा संकेत नं. ०००००१ देखि ५६०००० सम्म मात्र चलनचल्तीमा ल्याइएको हो ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima