Skip to content

एनआईसी एसिया बैंकको १० वर्षे अवधिको ऋणपत्र बाँडफाँट

काठमाडौं । एनआईसी एसिया बैंकले १० वर्षे अवधिकाे ऋणपत्र बाँडफाँट गरेकाे छ। साे बैंकले चैत २५ देखि २८ गतेसम्म निष्कासन गरेको ७ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ‘७ प्रतिशत एनआईसी एसिया डिबेञ्चर २०९१’ चैत ३१ गते बाँडफाँट गरेको छ।

उक्त बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएकोमा ३० लाख कित्ता व्यक्तिगत तवरबाट र २० लाख कित्ता सर्वसाधारणमा निष्कासन गरेको थियो।

सर्वसाधारणलाई छुट्याइएको मध्ये १ लाख कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकीका लागि आवेदन खुला गरिएको थियो। बिक्री अवधिभर रीतपूर्वक आवेदन दिएकालाई आइतबार बाँडफाँट गरिएको बैंकले जनाएको छ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima