Skip to content

प्रतिकूल मौसमले विद्युत अवरोध भएको हो, लोडसेडिङ होइन : विद्युत प्राधिकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हावाहुरी तथा मौसमी कारणले छोटो समय अवरोध भएको सन्दर्भलाई लोडसेडिङ भएको भन्न नमिल्ने जनाएको छ।

प्राधिकरणले विज्ञप्ति जारी गर्दै हावाहुरी तथा मौसमी कारणले हुने अवरोधलाई लोडसेडिङ भनेर सामाजिक सञ्जालमा अतिरञ्जित र भ्रामक समाचार फैलाइएको बताएको छ।

‘देशका विभिन्न क्षेत्रमा आएको हावाहुरी तथा प्रि–मनसुनका कारण सिर्जना भएकी प्रतिकूल मौसमले छोटो समय विद्युत सेवा अवरुद्ध हुन जाने सन्दर्भमा लोडसेडिङ भएको भनि अतिरञ्जित र भ्रामक भनाइहरू सामाजिक सञ्जालमा व्यक्त हुँदै आएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

अवरूद्ध भएका ठाउँमा विद्युत सञ्चालन गर्न देशभरका वितरण केन्द्रबाट दिनरात काम भइरहेको र अधिकांस ठाउँमा आपूति भइसकेको पनि उल्लेख गरेको छ।

कुनै ठाउँमा विद्युतीय संरचनामा क्षति पुगेको पाइएमा नेपाल विद्युत प्राधिकरणको सम्बन्धित कार्यालय वा हटलाइन नम्बर ११५० मा जानकारी गराउन पनि अनुरोध गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi