Skip to content

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पनि सकारात्मक सर्किट

nabil bank

काठमाडौं । मंगलबारको सेयर कारोबार जारी रहँदा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । यो सँगै आजको कारोबार जारी रहँदा सकारात्मक सर्किट लाग्ने कम्पनी तीन पुगेका छन् ।

आजको कारोबार जारी रहँदा यस अघि नेपाल माइक्रो इन्स्यारेन्स र क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो । आजको कारोबार जारी रहँदा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १८१ रुपैयाँ ५६ पैसाले बढेर १ हजार ९९७ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्ला कारोबार भन्दा १० प्रतिशतले बढी हो ।

यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि ३४ दशमलव ५५ अंकले बढेर २६९६ दशमलव ६३ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ३ अर्ब ५३ करोड माथिको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime