Skip to content

त्रिविले आजदेखि अनलाइनमार्फत ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट प्रदान गर्दै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आज मंगलबारदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अनलाइन मार्फत प्रदान गर्ने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा प्रदान गरिने सेवाहरूका लागि सेवाग्राहीले परीक्षा नियन्त्रण कार्यालयमै आउनुपर्ने अवस्थालाई न्यूनीकरण गर्न गत वर्षदेखि नै अनलाइन सेवा सञ्चालन गरिएकोमा प्राविधिक कारणले गर्दा निरन्तरता दिन नसके पनि आजबाट उक्त सेवालाई निरन्तरता दिइएको बताइएको छ ।

वैशाख २ गते प्रातः ११ः०० बजेदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदनका लागि अनलाइन सेवा सञ्चालन हुने एक सूचनामार्फत जानकारी दिइएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima