Skip to content

समृद्धि फाइनान्सको सीईओ सन्तोष घिमिरेले गरे पदभार ग्रहण

nabil bank

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले सन्तोषकुमार घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गर्दै औपचारिक रुपमा जिम्मेवारी सुम्पिएको छ । मंगलबार संस्थाका अध्यक्ष ठाकुरप्रसाद भट्टराईसँग शपथग्रहण गर्दै घिमिरेले नयाँ भूमिकाको पदभार ग्रहण गरेका हुन् ।

यसअघि फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । घिमिरे नेपालको केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकमा करिब तीन दशक सेवा गरेर अवकाश प्राप्त गरिसकेका अनुभवी व्यक्ति हुन्। राष्ट्र बैंकमा कार्यरत रहँदा उनले समस्याग्रस्त वित्तीय संस्थाहरूको व्यवस्थापनदेखि नीतिगत कार्यान्वयनमा सक्रिय भूमिका खेलेका थिए ।

उनको नेतृत्वमा फाइनान्सले सेवा पहुँच अभिवृद्धि, ग्राहक सन्तुष्टि, जोखिम व्यवस्थापन र डिजिटल वित्तीय समाधानमा उल्लेखनीय फड्को मार्ने अपेक्षा गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime